थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, ५ को मृत्यु



पछिल्लो २४ घण्टामा थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ सय जनाले कोरोना जितेसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ ।अब नेपालमा मात्र ३ हजार ९ सय १९ कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९५९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्