गाली गरेर झापड हानेको आरोपमा यी बलिउड अभिनेता विरुद्ध मुद्धा दर्ता



बलिउड अभिनेता महेश मांजरेकरमाथि एफआइआर दर्ता गरिएको छ । उनले एक व्यक्तिलाई थप्पड हानेको र गाली गरेको आरोपमा उनीविरुद्ध एफआइआर दर्ता भएको हो ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार घटना जनवरी १५ को हो । अभिनेताले कार दुर्घटनापछि एक व्यक्तिलाई थप्पड हानेका हुन् । पुणेको यावत प्रहरी स्टेशनमा महेशविरुद्ध एफआईआर दर्ता गरिएको हो ।

महेश बलिउडमा अभिनेता भन्दापनि खलनायकको रुपममा परिचित छन् । उनले खेलेका प्राय चलचित्रमा उनी भिलेनको रुपमा देखिने गरेका छन् । त्यसका साथै उनी फिल्म निर्देशन र लेखनमा पनि अव्वल मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्