२१ जनवरीमा स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको जन्मदिन विशेष तरिकाले मनाइदैँ…



गत जूनमा बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरे । उनको चर्चा सामाजिक सञ्जालमा अहिले पनि हुने गरेको छ । स्वेता सिंह किर्ति जो सुशान्तकी दिदी हुन् । उनले आउँदै गरेको सुशान्तको जन्मदिन विशेष तरिकाले मनाउन आग्रह गरेकी छिन् । २१ जनवरीमा सुशान्तको जन्मदिन हो । उक्त दिन सबैमा सहयोग र प्रेम बाड्न स्वेताले आग्रह गरेकी छिन् ।

श्वेताले बुधबार ट्विटरमा एक स्टाटस लेख्दै २१ जनवरीमा पर्ने सुशान्तको जन्मदिनको अवसरमा ३ व्यक्तिलाई निस्वार्थ भावले मदद्त गर्न र उनको आत्माको शान्तिकालागी कामना गर्दै १५ मिनेट ग्लोबल मेडिटेशन सेशन गर्न आग्रह गरेकि छिन् ।

प्रतिक्रिया दिनुहोस्