चर्चित रियालिटी शो बिगबोस की मुख्य असिस्टेन्टको सडक दुर्घटनामा मृत्यु



बिग बोस चर्चित भारतीय रियालिटी शो हो । यतिबेला बिगबोस सिजन १४ चलिरहेको छ । यसैबिच बिगबोस १४ की ट्यालेन्ट म्यानेजर पिस्ता धाकडको सडक दुर्घटनामा मृत्यु भएको छ । उनले बिगबोसमा मुख्य असिस्टेन्टको रुपमा काम गर्दै आएकी थिइन् भने उनी कलर्स प्रोगामिङ टिमकी सदस्य पनि थिइन् ।

शुक्रबार राति फिल्म सिटीमा दुर्घटना हुदाँ उनको ज्यान गएको हो । आफ्नो दुइ पाङ्ग्रे सवारी साधनबाट उनी लडेको र एक भ्यानिटी भ्यान उनीमाथि चढेको बताइएको छ ।

एक स्रोतका अनुसार अँध्यारोका कारण दुर्घटना भएको हो । स्पटबोयको रिपोर्टलाई विश्वास गर्ने हो भने विकेन्डको वारको सुटिङ पछि यस्तो दुःखद घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्