करिना र सैफले खरिद गरे नयाँ घर, यस्ता छन् विशेषता…



बलिउडकी चर्चित अभिनेत्री करिना कपुर र सैफ अली खानले नयाँ घर खरिद गरेका छन् । उनीहरुको नयाँ घर पहिलेको घरभन्दा केही टाढा छ तर पहिलेको भन्दा निकै ठूलो र आरामदायी रहेको बताइएको छ ।

करिनाले हालैमात्र सामाजिक सञ्जालमा आफ्नो नयाँ घरको केही तस्बिरहरु सेयर गरेकी छिन् । उनले सेयर गरेको तस्बिरमा बेडको एउटा कुना, एउटा सिसाको ढोका जसमार्फत छतमा जान सकिन्छ । टेरेसको भुइँ चेस बेर्ड जस्तो देखिन्छ र यसले रोयल लुक देखाउँछ । यस्तै केही फ्रेममा करिना कपुर, सैफ अली खान र उनका छोरा तैमुरको तस्बिर पनि छ ।

सैफ र करिनाको नयाँ घर पहिलेको भन्दा निकै शानदार तरिकाले डिजाइन गरिएको छ । विशेषगरी बच्चाको जन्मको हिसाबले घरलाई नयाँ तरिकाले तयार गरिएको छ । यसका साथै तैमुरका लागि पनि छुट्टै कोठा छ । यो घरमा बच्चाका लागि नर्सरी हुनेछ । पुरानो घरको तुलनामा यो घर निकै ठूलो हुनेछ । शानदार सिँढी, स्विमिङ पुल, आउटडोर एरिया र ओपन स्पेससहित यो घर निकै शानदार छ ।’

प्रतिक्रिया दिनुहोस्