१० करोडमा मुम्बईस्थित घर बेच्दै बलिउड अभिनेत्री करिश्मा कपुर



९० कि दशककी सर्वाधिक चर्चित अभिनेत्री करिश्मा कपुरले मुम्बईस्थित आफ्नो घर बेच्न लागेकी छिन् । करिश्माले नै यसबारे आधिकारीक जानकारी नदिएपनि भारतीय मिडियाले करिश्माले आफ्नो घर बेच्नको लागि रजिष्टर गरिसकेको जानकारी दिएको छ ।

प्राप्त जानकारी अुनसार करिश्माले गत डिसेम्बर २४ मा नै घर बेच्नको लागि रजिष्टर गरिसकेकी थिइन् । करिश्माले आफ्नो घर १० करोडमा बेच्न लागेको बताइएको छ । करिश्माले अहिले बेच्न लागेको घर २०२० मा मात्र किनेकी थिइन् । उनले घर बेच्न लागेको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्