यस मितिमा गर्दैछन् वरुण प्रेमिका नताशासँग बिहे…



बलिउडका निकै चर्चित अभिनेता वरुण धवनले यहि जनवरी २४ मा प्रेमिका नताशा दलालसँग धुमधामसँग विवाह गर्ने भएका छन् । उनीहरुको बिहेको कार्ड पनि छापिइसकेको छ । यसबारे वरुण र नताशाले आधिकारीक रुपमा जानकारी दिएका छैनन् । तर भारतीय मिडिया अनुसार वरुण र नताशा दुवैको घरमा बिहेको तयारी निकै रौनकका साथ भैरहेको छ ।

वरुण र नताशाको बिहे अलिबागको रिसोर्ट बुक गरिएको छ । कोरोनाको महामारीका कारण सुरक्षाको मापदण्ड अपनाउँदै वरुण र नताशाको बिहेमा परिवार र नजिकका आफन्त मात्र उपस्थित हुनेछन् । बिहेको लगभग १ महिनापछि वरुण र नताशाले मुम्बईमा ग्राण्ड रिसेप्सन पार्टीको आयोजना गर्ने बताइएको छ ।

वरुण र नताशा लामो समयदेखि एकअर्काको प्रेममा छन् ।

प्रतिक्रिया दिनुहोस्