कोरोना भाइरस विरुद्धको खोप ‘कोभिसिल्ड’ लाई नेपालमा अनुमति



काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप ‘कोभिसिल्ड’ लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको विभागले जनाएको छ । विभागले दुई दिन अघि आपतकालीन अनुमतिको लागि गरिने खोप प्रयोग गरिने खोप दर्ता आह्वान गरेको थियो ।

कोभिसिल्ड अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । भारतले यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्