सुशान्तले आफ्नै हातले लेखेको पत्र बाहिरियो, के लेखिएको छ त पत्रमा ?



बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको ७ महिना बितिसकेको छ । तर उनको आत्महत्याको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन । सुशान्तले छोटो समयमा नै निकै फ्यान कमाएका थिए । जसका कारण उनको याद आजपनि फ्यानहरुमाझ ताजै छ । अर्कोतिर सुशांत सिंह राजपूतकी बहिनी श्वेता सिंह कीर्तिले पनि सुशांतसँग सम्बन्धित कुरा अक्सर सोशल मीडियामा सेयर गर्ने गर्दछिन्। हालसालै श्वेताले सुशांतले लेखेको एउटा नोट सेयर गरेकी छन् ।

सुशान्तकी बहिनीले सुशान्तले आफ्नै हातले लेखेको पत्र सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । जहाँ सुशान्तले आफ्नो ३० बर्षको अनुभव र जीन्दगीबारे लेखेका छन् । सुशांतको यस नोटले सोशल मिडियामा धेरै ध्यानाकर्षण गरिरहेको छ।

श्वेता क्याप्सनमा लेख्छिन् –”भाइले लेखेको पत्र । सोच एकदमै गहिरो छ ।”

यस्तो लेखिएको छ सुशान्तको पत्रमा – “मलाई लाग्छ कि मैले जिन्दगीका ३० वर्ष बिताएँ ‘ शुरुवाती ३० वर्ष केही बन्ने प्रयासमा, म हरेक चीजमा असल बन्न चाहन्थेँ, टेनिस, स्कुल र ग्रेड्समा म राम्रो बन्न चाहन्थेँ । यहीकारण मैले ती सबैलाई त्यही नजरबाट हेरेँ । म जस्तो छु, वास्तविक आफैलाई ठीक लाग्दैन, यदी म ती सबैमा राम्रो हुँदै गए भने‘। । मलाई पछि लाग्यो कि जिन्दगीको खेल पुरै नै गलत छ , किनभने पुरा खेल त त्यही कुरालाई पाउनु थियो, जुन वास्तविक म पहिले थिएँ ।’

प्रतिक्रिया दिनुहोस्