गायक गणेश पुनको ‘धेरै भो हिडेको’ सार्वजनिक



काठमाडौं । गायक गणेश पुन को एकल एल्बम बाटो को शिर्षक गित धेरै भो हिडेको को भिडियो हालै नेपालको प्रख्यात युट्युब चानल highlightsnepal बाट सर्बजनिक गरिएको छ ।

गीतका रचनाकार नेपालका प्रख्यात रचनाकार क्षेत्र प्रताप अधिकारि हुन् भने प्रसिद्ध संगीत कार दिपक जङ्गमले अतिनै मन छुने लयमा परिणत गरेका छन । यस गीतका संगीत सम्योजन केहि मैना अगाडि निकैनै प्रख्यात भएको गीत देखेर तिमिलाई हेरेर तिमिलाई(तिनपाते)का म्युजिक अरेन्जर गङगाले गरेका छन भने यस गितको छायांकन जापानको योकोहामा गरिएको हो ।

गीत को भाप अनुसारको भिडियो बनाउनको लागी नेपालको झल्को दिने लोकेसनको लागि निकैनै मेहनत गरेको देखिन्छ । यस भिडियो का छाँयाकार, सम्पादक र निर्देशक मोडल तथा नायक लक्ष्मन पुन हुन् ।

उनले अतिनै मेहनत गरेको भिडियोमा देखिन्छ । भिडियोमा नयाँ कलाकार राजु रानाको अभिनयले दर्शकको मन लाई अझै आक्रसित गरेको पाइन्छ । बेजिला फिल्म को निर्माणमा रहेको भिडियो यस भिडियोले सबैको मन जित्न सफल हुनेमा बेजिला फिल्मसका चेयरम्यान सुदिप रानाले बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्