विराट-अनुष्काकी छोरी जन्मिएपछि सामाजिक सञ्जालमा चर्चा बटुल्दै करीनाका छोरा तैमुर, यस्तो रोचक छ कारण…



हिजोमात्र बलिउडकी चर्चित नायिका अनुष्का शर्माले छोरीलाई जन्म दिइन् । यो कुराको जानकारी विराटले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । विराटले यसबारे जानकारी दिएसँगै विराट र अनुष्कालाई बधाई दिनेको ओइरो नै लागेको छ । तर विराट र अनुष्काले छोरीलाई जन्म दिएसँगै सामाजिक सञ्जालमा सबैभन्दा धेरै चर्चा करीनाका छोरा तैमुरले पाइरहेका छन् ।

स्मरण रहोस् तैमुर सबैभन्दा चर्चित स्टारकिड हुन् । तैमुर मात्र ४ बर्षका छन्, तर उनको फ्यान फलोइङ अहिलेदेखि नै लोकप्रिय छ । तैमुरका विभिन्न फ्यान पेज समेत बनिसकेका छन् । यसैबिच सामाजिक सञ्जाल प्रयोगकर्ताले तैमुरलाई लिएर रमाइला खालका मेम्स बनाइरहेका छन् । विराट र अनुष्का दुवैको फ्यान फलोइङ अत्याधिक रहेको छ । जसका कारण विराट र अनुष्काकी छोरी पनि भोलिका दिनमा बहुचर्चित स्टारकिड बन्ने पक्का छ ।

अझ केहीले त अब तैमुर र विराटकी छोरीको जोडी बन्ने समेत अनुमान लगाइसकेका छन् । कसैले भने अब तैमुरको हिट हुने दिन गएको पनि बताइरहेका छन् । यसबारे करिनाले भने कुनैपनि प्रतिक्रिया दिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्