१० बर्ष कान्छो केटासँग बिहे गरिन् भन्नेलाई प्रियंकाले दिइन् यस्तो जवाफ…



बलिउड तथा हलिउडकी समेत चर्चित नायिका प्रियंका चोपडाले १ बर्ष पहिले हलिउडका चर्चित गायक निक जोनससँग विवाह गरेकी थिइन् । निकसँग प्रेममा रहेदेखि विवाह गरेपछि पनि उनले उनीहरुको उमेर अन्तरलाई लिएर मात्र प्रश्नहरु पाएकी छिन् । प्रियंका भन्दा निक १० बर्षले कान्छा छन् । त्यसैकारण पनि यो जोडीको उमेर अन्तरलाई लिएर बेला बेलामा ट्रोल गर्ने गरिन्छ ।

प्रियंकाले अहिलेसम्म यसबारे खुलेर प्रतिक्रिया दिएकी थिइनन् । तर अहिले भने उनले आफ्नो र निकको उमेर अन्तरबारे गतिलो जवाफ दिएकी छिन् । उनले आफ्नो प्रेमबिच कहिल्यै पनि उमेर अन्तर नआएको बताइन् । उनले निकले आफूलाई निकै राम्रोसँग बुझेको र आफूले पनि निकलाई राम्रोसँग बुझेकाले नै सम्बन्ध अघि बढेको बताइन् ।

प्रियंकाले हरेक सम्बन्धमा समझदारी, विश्वास, भरोसा हुन आवश्यक रहेकाले उमेर अन्तर जति नै भएपनि त्यसले फरक नपार्ने बताइन् । साथै उनले जसले जे भनेपनि आफूहरु एकअर्कासँग खुसी रहेकाले अरुको कुराले फरक नपर्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्