बधाई छ ! आमा बनिन् बलिउडकी चर्चित नायिका अनुष्का शर्मा



बलिउडकी सर्वाधिक चर्चित नायिका अनुष्का शर्मा र उनका पति अर्थात भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई पुत्री लाभ भएको छ । विराटले सामाजिक सञ्जाल मार्फत यो कुराको जानकारी दिएका छन् । विराटले अहिले छोरी र अनुष्का दुवैको स्वास्थ्य निकै राम्रो भएको समेत जानकारी दिएका छन् ।

विराटले सामाजिक सञ्जाल मार्फत जानकारी दिने बित्तिकै उनीहरुलाई बधाई दिनेको ओइरो नै लागेको छ । विराट र अनुष्काले सन् २०१७ मा इटालीमा विवाह गरेका थिए । लामो समयको प्रेमपछि यी दुईले विवाह गरेका थिए । लकडाउनको समयमा अनुष्का र विराटले आमाबुबा बन्न लागेको जानकारी दिएका थिए ।

हाम्रो तर्फबाट पनि विराट र अनुष्कालाई धेरै धेरै बधाई ।

प्रतिक्रिया दिनुहोस्