आफ्नो स्टाइल कपी गरेको भन्दै कगंनाले लगाइन् तापसीमाथि आरोप



बलिउड नायिका कगंना रनावत बेला बेलामा विवादमा तानिरहेकी हुन्छिन् । अहिले पनि उनी तापसी पन्नुलाई आरोप लगाएका कारण विवादमा तानिएकी छिन् । कगंनाले तापसीको एक फोटोलाई आफ्नो कपी भन्दै उनीमाथि आरोप लगाएकी छिन् । तापसी र कगंनाको विवाद भएको यो पहिलो पटक भने होइन । यसअघि पनि लकडाउनमा यी दुईबिच झगडा भएको थियो ।

कंगनाले तापसीले पोष्ट गरेको एउटा तस्वीरलाई आफ्नो कपी मात्र भनेकी छैनन्, आफ्नो तुलना बलिउडका नायक अमिताभ बच्चनसँग पनि गरेकी छिन् ।

कंगनाले सामाजिक संजालमा लेखेकी छिन्–‘म निकै नै खुशी छु । तापसीको पुरै अस्तित्व नै मलाई पढ्न र मेरो कपी गर्नमा नै छ । यो निकै नै प्रभावित गर्ने खालको छ । तापसी बाहेक अरु कोही पनि महिला कलाकारले मैलै जस्तै पप कल्चरलाई अगाडि लिएर गएका छैनन् । अमिताभ बच्चनपछि सर्वाधिक नक्कल मेरो हुने गरेको छ ।’

तापसीले यसबारे केहीपनि बोलेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्