अम्बिका गुरुङको शब्दमा दार्शनिक गीत ‘दिप भै बलिरहू’ सार्वजनिक



काठमाडौं । अम्बिका गुरुङको शब्दमा दार्शनिक गीत ‘दिप भै बलिरहू’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कृष्ण काफ्लेको स्वर तथा पुरुषोत्तम न्यौपानेको संगीत सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने बाबु प्रधानले गरेका हुन् ।

गीतको म्युजिक भिडीयोलाई निर्दशन भने निसान कस्यप घिमिरेले गरेका हुन् । जहाँ उनले एक जोडीको मिठो प्रेम कथा प्रस्तुत गरेका छन । भिडीयोमा गायक कृष्ण काफ्ले र मोडेल श्रेया सिटौला फिचर्ड छन् ।

भावसागरले बजारमा ल्याएको म्युजिक भिडीयोमा उत्सब दाहालको छायांकन, अनिता ग्वाच्चाको मेकअप र निर्दशक घिमिरेकै सम्पादन समाबेस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्