
बलिउड अभिनेता सोनु सुदले लकडाउनको मसयमा समस्यामा परेका धेरै जनालाई सहयोग गरेका थिए । उनले प्रवासी मजदुरहरुलाई घरसम्म पुर्याएर ठूलो सहयोग गरेका थिए । अहिले कसैलाई समस्या पर्यो भने सबैभन्दा पहिले सोनु सुदलाई नै सम्झन्छन् । उनै सोनुले ६ तलाको विल्डिङमा बिना अनुमति होटल बनाएपछि विवादमा तानिएका छन् ।
उनलाई बिबिसीले नोटिस पनि पठाएको थियो । तर सोनुले नोटिसलाई पनि वेवास्ता गर्दै गैरकानूनी रुपमा होटल बनाइरहेको आरोप लागेको छ ।
बीएमसीले एबी नायर रोडमा रहेको शक्ति सागर विल्डिङमा सोनुले अनुमती विना नै होटल बनाएको उल्लेख गरेको छ । जबकी, यो विल्डिङलाई व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न नपाइने बीएमसीको भनाई छ ।
रिपोर्टलाई आधार मान्ने हो भने सोनुले बिबिसीको नोटिस पाएपछि पनि काम रोकेनन् । अहिले यो खबर अदालतसम्म पुगिसकेको छ । तर सोनुले भने यो कुरालाई अस्वीकार गरिरहेका छन् ।





