‘छक्का पञ्जा ३’ ले राख्यो नयाँ रेकर्ड…



२ बर्ष अघि प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा ३ केहीसमय अघि युट्युबमा रिलिज भएको थियो । छक्का पञ्जा ३ ले निकै राम्रो व्यापार गरेको थियो । हलमा जसरी नै छक्का पञ्जा ३ लाई युट्युबमा पनि राम्रो दर्शक मिलिरहेको छ । छक्का पञ्जा ३ युट्युबमा रिलिज भएको १७ दिनमै करोड क्लबमा पुगेको छ ।

दीपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाँई लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र हेर्ने अधिकांश दर्शकले चलचित्र मन परेको प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्