करणलाई गरेकी थिइन् फराहले विवाहको लागि प्रपोज, यस्तो भन्दै गरिदिए अस्वीकार…



फराह खान बलिउडकी निकै चर्चित कोरियोग्राफर तथा निर्देशक हुन् । हिजोमात्र उनले आफ्नो ५६ औँ जन्मदिन मनाइन् । यसैबिच उनको निकै रोचक कथाले यतिबेला सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।

धेरैलाई थाहा नै होला कुनै समयमा फराह खानले करण जौहरलाई बिहेको प्रस्ताव राखेकी थिइन् । तर करणले उनको प्रस्ताव अस्वीकार गरेका थिए । फराह र करण विगत २५ बर्षदेखि एकअर्काको साथी छन् । सायद आफूले राम्रोसँग चिनेको मान्छे भएर पनि होला फराह करणसँग बिहे गर्न चाहन्छिन् ।

करणले फराहको प्रस्तावलाई आफूभित्र प्राविधिक समस्या भएको बताउँदै अस्वीकार गरेका थिए ।

फराह हाल शिरिष कुन्दरसँग विवाहित छिन् र उनीहरुका तीन सन्तान छन् । उनीहरुको नाम दीया, अनाया र साइजर हो ।

प्रतिक्रिया दिनुहोस्