थप ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु



पछिल्लो २४ घण्टामा थप ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा ६ सय ९९ जनाले कोरोना जितेसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५७ हजार ९ सय २८ पुगेको छ । अब नेपालमा मात्र ४ हजार ६ सय ८१ संक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९१२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्