यी अभिनेत्रीमाथि अत्याचार– धर्म परिवर्तन गर्न नमान्दा खाइन् श्रीमानको कुटाई



भारतीय टेलिभिजनकी चर्चित नायिका प्रिटी तरलेजाले आफ्ना पति अभिजित पेटकरविरुद्ध आरोप लगाउँदै पुलिसमा उजुरी दिएकी छिन् । उनले आफूलाई बारम्बार धर्म परिवर्तनको लागि दबाब दिएकाले आफ्नै पति विरुद्ध उजुरी दिएकी हुन् ।

त्यतिमात्र नभएर प्रिटीले पतिको कुरा नमान्दा आफूले कुटाइसमेत खाएको बताएकी छिन् । यो हिसां अब आफूले सहनै नसक्ने भएर कानूनको सहायता लिएको अभिनेत्रीले ट्वीटरबारे जानकारी दिएकी छिन् ।

प्रितिका अनुसार उनी पहिले मुम्बई पुलिसमा उजूरी लिएर गएकी थिइन् । तर, कुनै कारबाही नभएपछि उनले मुख्यमन्त्री उद्धव ठाकरे र प्रधानमन्त्री कार्यालयलाई ट्याग गर्दै सामाजिक सञ्जालमा आफ्ना वेदना पोखिन् । अहिले खन्डकपान्डा कल्याण पुलिसले प्रितीको उजूरी दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्