नाटक गर्दै नायिका स्वस्तिमा खड्का



पछिल्लो समयकी सर्वाधिक डिमाण्डेड र चर्चित नायिका हुन् स्वस्तिमा खड्का । चलचित्रमा मात्र नभएर विज्ञापनदेखि म्यूजिक भिडियोमासम्म उनी धेरै खोजिने कलाकार हुन् । उनै स्वस्तिमा अब नाटकमा पनि देखिने भएकी छिन् । रगंमञ्चले धेरै कलाकारलाई स्टार बनाएका छन् । दयाहाङ राई, विपिन कार्की, नाजिर हुसेन, खगेन्द्र लामिछाने, मेनुका प्रधान लगायतका कलाकार रगंमञ्चबाटै आएका हुन् ।

यसैबिच अब स्वस्तिमाले पनि नाटक गर्ने भएकी छिन् । नारायण वाग्लेद्वारा लिखित चर्चित उपन्यास ‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा स्वस्तिमाले अभिनय गर्न लागेकी हुन् । थिएटर भिलेजका निर्देशक बिमल सुवेदीले निर्देशन गर्ने उपन्यासको नाट्य रुपान्तरण सुरज सुवेदीले गरेका हुन् ।

अहिले यसको रिहर्सल चलिरहेको छ । चाँडै मञ्चन हुने तयारी गरिएको नाटकमा स्वस्तिमाले ‘पल्पसा’ पात्रको भूमिकामा अभिनय गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्