बहुप्रतिक्षित चलचित्र ‘केजीएफ २’ को टिजर रिलिज…(भिडियो सहित)



बलिउडमा सर्वाधिक कमाई गर्न सफल भएको चलचित्र हो केजीएफ । यो चलचित्र भारतमा मात्र नभएर नेपालमा समेत ५१ दिन मनाउन सफल भएको थियो । केजीएफ का दर्शकले लामो समयदेखि केजीएफ २ को प्रतिक्षा गरिरहेका थिए । अब भने केजीएफ २ रिलिज हुने भएको छ ।

हालैमात्र युट्युबमा केजीएफ २ को टिजर रिलिज भएको छ । केजीएफ २ केजीएफ को सिक्वेल हो ।

एक्सन थ्रीलर जानरामा निर्माण गरिएको यो फिल्ममा यशलाई एक्सन अवतारमा देख्न सकिन्छ । यो सिक्वेलमा बलिउड अभिनेता सञ्जय दत्तको समेत अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्