श्रद्धादेखि दिपिकासम्मका फेसन डिजाइनरले गरे लिङ्ग परिवर्तन



बलिउडका चर्चित नायिकाहरु करिना कपुर, हिना खान, श्रद्धा कपुर, अनुष्का शर्मा, दिपिका पादुकोण लगायत धेरैका फेसन डिजाइनर स्वप्निल शिंदेले आफ्नो लिंग परिवर्तन गरेका छन् । यो कुराको जानकारी स्वयम स्वप्निलले सामाजिक सञ्जाल मार्फत दिएका छन् । उनले आफूलाई एक ट्रान्सवुमनको रुपमा परिचित गराउँदै अब आफ्नो नाम सायशा शिंदे भएको जानकारी दिएकी छिन् ।

फेशन फिल्मकी कस्ट्युम डिजाइनर सायशा शिंदेले ट्रान्सवुमन बनेको विषयमा आफ्नो भावना व्यक्त गरेकी छिन् । उनले लेखेकी छिन्, ‘सायशाको अर्थ हुन्छ सार्थक जीवन र म आफ्नो जीवनलाई विशेष तरिकाले सार्थक बनाउने योजनामा छु ।’

यसका साथै उनले आफ्ना पितालाई अत्यधिक आभार प्रकट गरेका छन् । आफ्ना पिताबारे उनी भन्छन्, ‘मैले आफूलाई ६ वर्ष अघि नै स्विकार गरिसकेकी थिए । मेरो परिवार एक रुढीबादी महाराष्ट्रियन परिवार हो तर त्यतिबेला देखि नै मेरो परिवार मेरो लागि खडा भइरहेको छ । मेरो हरेक निर्णयमा उहाँहरुको साथ छ । मेरा पिता मसँग सधैं रहनुभयो । उहाँले मलाई उत्कृष्ट सर्जनबारे पनि जानकारी दिए । उहाँले मलाई आफू सधैं मेरो साथमा भएको बताउनुभयो, योभन्दा ठूलो कुरा मेरो लागि के हुन सक्ला ?’

प्रतिक्रिया दिनुहोस्