
पाल्पा रिप्टिकोटकी भाइरल होची मुना मगर आजभन्दा ३–४ बर्ष अगाडी मिडियामा भाइरल भएकी थिइन् । मुनालाई सामान्य आम व्यक्तिले देख्दा पहिलो चोटी अचम्मित नपर्ने मान्छे छैनन् होला । मान्छेपनि निकै रमाइली, कमेडी गरेर हसाउँन सिपालु, मसिनो स्वर भएकी दोहोरी गाउन पनि खप्पिस छिन् । उनले लाइभ दोहोरी मात्र नभई रेर्कडेड गीत पनि गाएकी छिन् ।
उनका हातखुट्टाको बनावट हेर्दा ७–८ बर्षको बच्चाको जस्तो कलिलो अनि साना देखिन्छन् । तर उमेरले भने उनी २५ पुगिसकेकी छिन् । काठमाडौँ गोगंबुमा बस्दै आएकी मुना पछिल्लो समय अलि व्यस्त हुन थालेकी छिन् । यसैक्रममा आजको एपिसोडमा हाम्रो आफ्नै च्यानल परिवर्तन दोहोरीमा उनले रमाइलो ठट्यौली दोहोरी गाएकी छिन् । भिडियो हेर्नको लागि तलको लिङ्क खोल्नुहोला र प्रतिक्रिया दिन नभुल्नुहोला ।





