चर्चामा उर्वशीको आधा करोड बढीको गाउन, बनाउन मात्र १५० घण्टा लाग्यो



बलिउड नायिका उर्वशी रौतेला बेला बेलामा आफ्ना तस्बिरका कारण चर्चामा आउने गरेकी छिन् । उनलाई बोल्ड नायिकाको रुपमा चिनिन्छ । उनै उर्वशीको एक तस्बिरले यतिबेला सामाजिक सञ्जालमा निकै नै चर्चँ पाइरहेको छ । तस्बिरमा उर्वशी रातो कलरको गाउनमा देखिएकी छिन् ।

यो पहिरन फिलिपिन्सका डिजाइनर माइकल सिंकोले तयार गरेका हुन् । यो पहिरनको मूल्य ४५ हजार अमेरिकी डलर पर्छ जसको नेपाली मूल्य आधा करोड रुपैयाँभन्दा धेरै हुन्छ । यो पहिरनको मूल्य मात्रै धेरै होइन यसलाई बनाउन पनि निकै परिश्रम गर्नुपरेको थियो । यसलाई लयार गर्न १ सय ५० घण्टा लागेको थियो ।

त्यसैकारण पनि उर्वशीको यो गाउनले चर्चा पाइरहेको छ । यो गाउनमात्र नभएर उर्वशीले प्राय ब्रान्डेड कपडा नै लगाउने गरेकी छिन् । उनले साधारण लगाउने लुगा पनि ब्रान्डेड र महंगा हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्