७८ बर्षको उमेरमा माइनस ३३ डिग्रीको जाडोमा रमाउँदै अमिताभ बच्चन



बलिउडका सर्वाधिक चर्चित अभिनेता अमिताभ बच्चन लद्याख पुगेका छन् । उनले एक तस्बिर सार्वजनिक गर्दै हाल आफू माइनस ३३ डिग्री सेल्सियस तापक्रममा रहेको जानकारी दिएका छन् ।

उनले तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, दिभर काम गरिसकेपछि म लद्दाख फर्किए, यहाँको तापक्रम माइनस ३३ डिग्री छ । यस्तो लाग्छ, यहाँको चिसोले आफैलाई पक्रेला जस्तो देखिन्छ ।’

उनी तस्बिरमा बाक्लो कपडामा देखिएका छन् । अमिताभ यो उमेरमा पनि निकै नै एक्टिभ र स्वस्थ्य रहेको भन्दै फ्यानले उनको तारिफ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्