
बिपासा बासु बलिउडकी निकै चर्चित नायिका हुन् । यी अभिनेत्री लुक्सको कारणले भन्दापनि अभिनयको कारणले धेरै चर्चामा रहिन् । जस्तोसुकै भूमिकालाई पनि न्याय गर्न सक्ने भएकाले बिपासाले राम्रा ब्यानरका चलचित्रमा काम गर्दै गइन् । आज उनै बिपासाले आफ्नो ४२ औँ जन्मदिन मनाउँदैछिन् । बिपासाको जन्मदिनको अवसरमा उनीसँग जोडिएका रोचक कुराहरु बाहिर आइरहेका छन् ।
धेरैलाई थाहा नै होला एकसमय बलिउडमा करीना र बिपासाको झगडाले निकै नै चर्चा पाएको थियो ।
सन् २००१ मा फिल्म ‘अजनबी’ मा बिपाशा र करीनाले एकसाथ काम गरेका थिए । फिल्म सेटमा उनीहरुबीच विवाद भयो । विवादकै क्रममा करीनाले बिपाशालाई थप्पड लगाइन् । जसको चर्चा आजसम्म पनि हुने गर्छ ।
तर यसबारे करीना र बिपासा भने कहिल्यै पनि कुरा नै गर्न चाहदैँनन् ।





