एकअर्काको मायामा हराउँदै शिव श्रेष्ठका छोरा र करिश्मा मानन्धरकी छोरी



चलचित्र एउटा यस्तो प्रेम कहानी को केहीसमय अघि नै छायांकन सकिएको हो । यस चलचित्रबाट दिग्गज अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछन् । यो चलचित्रको शिर्ष गीत र प्रदर्शन मिति सार्वजनिक भएको छ ।

अब एउटा यस्तो प्रेम कहानी माघ १ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ । सार्वजनिक गरिएको शिर्ष गीतलाई सुष्मा राईले लेखेकी हुन् भने वसन्त सापकोटाले गीतमा संगीत भरेका छन् । निकै रोमान्टिक शैलीको गीतमा विश्व नेपाली र अस्मिता परियारको आवाज रहेको छ । गीतमा चलचित्रका मुख्य कलाकार शक्ति र कविता नै फिचर्ड छन् ।

प्रतिक्रिया दिनुहोस्