मानसिक समस्यामा परेका श्रीमानलाई डिभोर्स दिदैँ हलिउडकी चर्चित मोडल किम



हलिउडकी चर्चित मोडल किम कार्दसियनलले उनका श्रीमान केन वेस्टलाई डिभोर्स दिने भएकी छिन् । यो बर्ष यी दुईको सम्बन्धमा निकै दरार आयो । प्राप्त जानकारी अनुसार यो जोडी केही महिनादेखि छुट्टै बस्दै आएको छ । लगभग यी दुईको डिभोर्सको प्रक्रिया पुरा भैसकेको छ ।

जब केन मानसिक समस्यासँग जुध्न थाले तब किमसँगको उनको वैवाहिक सम्बन्धमा खटपट देखियो । किमलाई लागेको थियो कि यस्तो कठिन समयमा डिभोर्स गर्नु क्रुर हुनेछ, उनीहरुले आफ्नो वैवाहिक सम्बन्धका कठिनाईबारे परामर्श लिन थालेका थिए ।

किमले वैवाहिक सम्बन्ध बचाउन प्रयास पनि गरेको समाचारमा उल्लेख छ । केही समय उनीहरुबीचको समस्यालाई थाँती राखियो, यद्यपी क्रिसमसपछि सम्बन्ध–विच्छेदका लागि किमले अधिवक्ता हायर गरेकी छिन् । किम र केनबीच मेइ २०१४ मा भव्य विवाह भएको थियो ।

प्रतिक्रिया दिनुहोस्