नयाँ फिल्म रिलिज गर्न निर्माता निर्देशक नमान्दा घाटा व्यहोर्दै हल सञ्चालक



कोरोनाको महामारीको कारण गत ९ महिनादेखि फिल्म हलहरु बन्द थिए । २ हप्ता अगाडी मात्रै हल सञ्चालनमा आएका छन् । हुन त सरकारले अझैपनि फिल्म प्रदर्शनको लागि हल खोल्न अनुमति दिएको थिएन तर हल सञ्चालकहरु आफै मिलेर हल सञ्चालनमा ल्याएका हुन् । पुरा व्यवस्थित तरिकाले हल सञ्चालनमा त ल्याइयो तर चलचित्र हेर्न हलमा दर्शकको उपस्थिति त्यति राम्रो भने छैन ।

गत बर्ष नै रिलिज भएका चलचित्रलाई पुनः प्रदर्शन गर्दा हलमा दर्शक नआएको हल सञ्चालकहरुको गुनासो छ । नयाँ चलचित्र प्रदर्शनको लागि कुनैपनि निर्माता निर्देशक अघि सरेका छैनन्, पुराना चलचित्र हेर्न दर्शक हलमा आउँदैनन् ।

सरकारले हल खोल्ने अनुमति नदिदाँ नदिदैँ रिस्क लिएर एकलौटी रुपमा हल खोलेका हल व्यवसायीहरुले अहिले घाटा व्यहोरी रहेका छन् । हलवालाहरु नयाँ चलचित्र प्रदर्शन गर्न अनुरोध गरिरहेका छन् तर अहिले नै दर्शक नआउने डरले निर्माता निर्देशक प्रदर्शनको लागि तयार रहेका चलचित्र पनि प्रदर्शनमा ल्याउने सोचमा छैनन् ।

प्रतिक्रिया दिनुहोस्