सरकारी अस्पतालमा भर्ना गरेपछि यी कोरोना संक्रमित अभिनेत्रीले गरिन् एम्बुलेन्सबाट भाग्ने प्रयास



चलचित्र अक्टुबर बाट बलिउडमा डेब्यु गरेकी नायिका बनिता सन्धुमा केहीदिन अघि कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोटेटिभ देखिएपछि उनलाई कोलकताको एक सरकारी अस्पतालमा लगिएको थियो । उनले उक्त सरकारी अस्पतालमा भर्ना हुन अस्वीकार गरेकी थिइन् । भारतीय मिडिया अनुसार उनले एम्बुलेन्सबाट भाग्ने कोशिस समेत गरेकी छिन् ।

जसको कारण अस्पताल प्रशासनले राज्य सचिवालय र स्वास्थ्य विभागलाई समेत सूचना दिएका थिए । यो मामिला गम्भिर भएपछि प्रशासन प्रशासन पनि आएर नायिका बनितालाई एक निजी अस्पतालमा भर्ना गरिदिएको छ । अ

बनिता २० डिसेम्बरमा कोलकाता पुगेकी थिइन् । उनी त्यहि प्लाइटमा थिइन् । जसमा म्युटेन्ट कोरोना भाइरसबाट संक्रमित मानिसहरु यात्रा गरिरहेका थिए । त्यसैकारण पनि उनमा पनि कोरोना पोजेटिभ देखिएको हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्