
बलिउडकी निकै नै चर्चित नायिका दिपिका पादुकोणले हिजो आफ्नो ३५ औँ जन्मदिन मनाइन् । सामाजिक सञ्जालमा उनलाई बलिउडकर्मी र फ्यानले जन्मदिनको शुभकामना पनि दिए । यसैबिच रणवीरले दिपिकाको लागि मुम्बईको एक रेष्टुरेन्टमा सानो सेलिब्रेसन पार्टी राखेका थिए ।
उक्त पार्टीमा रणवीर कपुर, आलिया भट्ट र रणवीरकी बहिनी पनि आएकी थिइन् । केहीदिन अघि दिपिका र रणवीर र आलिया र रणवीर एकसाथ होलिडे मनाउन पुगेका थिए । उनीहरुको मित्रता त्यहाँबाट अझ मजबुत भएको देखिन्छ । पार्टीमा आलिया कालो रङको पहिरनमा देखिएकी छिन् ।





