
दिपिका पादुकोण बलिउडकी निकै नै चर्चित नायिका हुन् । उनको फ्यान फलोइङ निकै नै लोभलाग्दो रहेको छ । दिपिकालाई मन पराउने दर्शक भारतमा मात्र नभएर विश्वभर नै रहेका छन् ।
सन् २०१० मा प्रदर्शनमा आएको चलचित्र ओम शान्ति ओम बाट बलिउडमा भित्रिएकी दिपिकाले पहिलो चलचित्रबाट नै निकै चर्चा पाइन् । चलचित्रबाट दिपिकाको कामको तारिफ हुनुको साथै शाहरुखसँगको उनको केमेष्ट्रिलाई पनि दर्शकले औधी रुचाए ।
दिपिकाले आफ्नो करियरमा पछाडी फर्केर हेर्नु परेको छैन । उनले बलिउडमा थुप्रै ब्लकबस्टर चलचित्र दिइसकेकी छिन् । आज उनै नायिका दिपिका पादुकोणको जन्मदिन रहेको छ । आज दिपिकाको जन्मदिन परेकाले उनलाई सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो नै लागेको छ ।
दिपिकालाई विभिन्न चलचित्रकर्मीले पनि शुभकामना दिइरहेका छन् । हाम्रो तर्फबाट पनि दिपिकालाई जन्मदिनको धेरै धेरै शुभकामना ।





