बलिउड नायिका जान्वी कपुरले किनिन् ३९ करोडमा नयाँ घर



चलचित्र धडक बाट बलिउडमा भित्रिएिकी स्वर्गीय अभिनेत्री श्रीदेवीकी छोरी जान्वी कपुरले पछिल्लो समयमा बलिउडका राम्रा ब्यानरबाट चलचित्र पाइरहेकी छिन् । उनै जान्वी बेला बेलामा सामाजिक सञ्जालमा चर्चामा आइरहेकी हुन्छिन् । कहिले तस्बिरका कारण त कहिले डान्स गरेको भिडियोको कारण उनले राम्रो चर्चा कमाइरहेकी हुन्छिन् ।

अहिले भने उनी नयाँ घर किनेको खबरले बढी चर्चामा छिन् । जान्वीले हालैमात्र महंगो रकममा नयाँ घर किनेकी छिन् । उनले मुम्बईको जुहु इलाकामा ३९ करोडको घर किनेकी छिन् ।

बलिउडमा कलाकारहरुले महंगो घर किनेको खबर त नौलो होइन । गतबर्ष नायिका आलिया

अर्या विल्डिङमा रहेको ३ वटा फ्ल्याट जान्हवीले खरिद गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्