
पल शाह पछिल्लो समयका चल्तीका अभिनेता र मोडल पनि हुन् । उनी निकै संघर्ष गरेर यो क्षेत्रमा स्थापित भएका हुन् । त्यसैकारण पनि पलको डिमाण्ड म्यूजिक भिडियो र चलचित्रमा पनि निकै हाई छ । यसैबिच पलले हालैमात्र आफ्नो सपना पुरा हुन लागेको बताएका थिए । पलले यसो भनिरहँदा उनका फ्यानहरु पलको कुन सपना पुरा हुन लागेको होला भनेर सोचिरहेका थिए । तर पल स्वयमले यसको जवाफ दिएका छन् ।
पल अब चाडैँ नै काठमाडौँमा नयाँ घर लिदैँछन् । उनको काठमाडौँमा आफ्नो कमाईले घर किन्ने सपना पहिले देखि नै थियो । जुन सपना अब पुरा हुने भएको छ । पल फ्यानको माया र आफ्नो सफलता देखेर खुसी छन् । पलले आफ्नो सपना पुरा गर्नको लागि नै निरन्तर काम गरिरहेको जानकारी दिए ।
कामको कुरा गर्ने हो भने पलको ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको तयारीमा रहेको छ । यसका साथै ‘हृदयभरि’ को छायांकन सकिसकेको छ भने उनको पाइपलाइनमा ‘हुतुतु’ पनि छ ।





