अभिनयलाई छोडेर राजनीतिमा सक्रिय हुदैँ नायिका मनिषा कोइराला



पछिल्लो समयमा नायिका मनिषा कोइराला राजनीतिमा बढी सक्रिय हुन थालेकी छिन् । उनी फिल्लमा नदेखिएको लामो समय भैसकेको छ ।

राजसंस्थासहितको हिन्दू राष्ट्रको माग राख्दै भइरहेको प्रदर्शनमा साथ दिन आग्रह गर्दै आएकी मनिषा सहितको समूहले आज एक अभियानको घोषणा गर्ने भएको छ ।

उनले सो कार्यक्रममा उपस्थित हुन सबैलाई आग्रह गरेकी छन् । पत्रकार सम्मेलनमा उपस्थित हुन आग्रहसहितको विज्ञप्तिमा नायिका मनीषा कोइराला, रमेश खरेल तथा भरत बस्नेत लगायतले हस्ताक्षर गरेका छन् ।

कोइराला निकट स्रोतका अनुसार उनी पछिल्लो केही दिनयता विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, लेखक, पत्रकारसँग ‘परामर्श’मा छिन ।

प्रतिक्रिया दिनुहोस्