सलमानका भाइ सोहेल र अरबाज विरुद्ध मुद्धा दर्ता, यस्तो छ कारण…



बलिउडका सर्वाधिक चर्चित अभिनेता सलमान खानका भाईहरु अराबाज खान र सोहेल खान विरुद्ध कोरोनाको नियम तोडेको भन्दै उजुरी दर्ता भएको छ । सोहेल र अरबाज पनि बलिउडमा सक्रिय छन् । जसका कारण यो समाचारले अहिले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।

सोहेल र र अरबाजसँगै सोहेलका छोरा निर्वाण डिसेम्बर २५ मा यूएई बाट भारत फर्किएका थिए । उनीहरु इन्स्टिच्युशनल क्वारेन्टाइनमा बस्नुपर्ने थियो । तर उनीहरु घर फर्किए । हुन त यी तिनै जनालाई कोरोनाको कुनैपनि लक्षण देखिएको छैन । तर पनि नियमको उल्लघंन भने भएको छ ।

स्रोतका अनुसार उनीहरु तीनैजनाको इन्स्टिच्युशनल क्वारेन्टिनको बन्दोबस्त मुम्बईको ताज ग्रान्ड होटलमा मिलाइएको थियो । उनीहरु त्यहाँ १४ दिनसम्म क्वारेन्टिनमा बस्नु पर्दथ्यो तर उनीहरु भोलिपल्टै अर्थात् २६ तारिखमा नै होटलबाट घर गए । त्यसपछि मुम्बई महानगरपालिका (बीएमसी) ले तीनजनाविरुद्ध ऊजुरी दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्