पल बने रेश्माका कृष्ण र रेश्मा बनिन् पलकी राधा…(भिडियो सहित)



पल शाह र रेश्मा घिमिरे दुवै पछिल्लो समयका चल्तीका मोडल हुन् । म्यूजिक भिडियोमा यी दुईको डिण्माड निकै हाई छ । केही समय अघि यी दुईको म्यूजिक भिडियो रिलिज भएको थियो । अहिले फेरि यी दुईको नयाँ म्यूजिक भिडियो रिलिज भएको छ ।

राजनराज सिवाकोटीको शब्द र संगीत रहेको क्या मज्जा आको बोलको गीतमा राजनराज सिवाकोटी र मेलिना राईको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा पल शाह र रेश्मा घिमिरे फिचर्ड छन् । गीतमा पल र रेश्मालाई राम र सिताको साथमा कृष्ण र राधाको अवतारमा देख्न सकिन्छ । गीतलाई गम्भिर विष्टले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्