विवाह भएको १ महिना पुगेको खुसियालीमा आदित्यले श्रीमती स्वेतालाई लगे डिनर डेटमा



चर्चित गायक उदिप नारायणका छोरा आदित्य जो स्वयम गायक र होष्ट समेत हुन् । उनले १ महिनाअघि प्रेमिका स्वेता अग्रवालसँग धुमधामसँग विवाह गरेका थिए । विवाहपछि सामाजिक सञ्जालमा आदित्य र स्वेताका रोमान्टिक तस्बिरहरु समेत चर्चामा आइरहेका छन् ।

यसैबिच हालैमात्र आदित्य र स्वेताको डिनर डेटको तस्बिरले चर्चा पाइरहेका छ । स्वेतासँग विवाह भएको १ महिना पुगेको अवसरमा आदित्यले उनलाई डिनर डेटका लागि लगेका हुन् । उनले स्वेताको लागि केक समेत तयार पारेका थिए । उनले तस्बिर सामाजिक सञ्जालमा अपलोड गरेका छन् ।

तस्बिरका साथ उनले लेखेका छन् ‘ह्याप्पी मन्थ एनिभर्सरी मेरी प्यारी वाइफ ।’ उनले रमाइलो रमाइलोमा विवाहको एकमहिना बितेको बताउदै बाँकीको जिन्दगी पनि यसैगरि बित्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्