एकअर्काको मायामा हराउँदै बले र अनु…(भिडियो सहित)



सागर लम्साल (बले) पछिल्लो समयका चल्तीका मोडल हुन् । उनको एकपछि अर्को गर्दै म्यूजिक भिडियो बजारमा रिलिज भैरहेका छन् । यसैबिच बले को नयाँ म्यूजिक भिडियो बजारमा हालै रिलिज भएको छ ।

लोक पौडेलको शब्द र संगीत रहेको कस्तो लाग्यो तिमीलाई बोलको गीतमा आवाज पनि लोक पौडेलकै रहेको छ । गीतमा बलेसँगै तिनपाते गीतबाट सर्वाधिक चर्चा कमाएकी मोडल अनु काफ्ले फिचर्ड छिन् । निकै मिठो गीतमा बले र अनुको साधारण प्रेम कहानीलाई निकै राम्रोसँग देखाइएको छ ।

राज खड्काले निर्देशन गरेको गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्