
सन् २०२० मा सबैभन्दा चर्चामा रहन सफल सेलिब्रेटी हुन्, रिया चक्रवर्ती । अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि रिया सामाजिक सञ्जालमा निकै नै चर्चामा आइन् । सुशान्तकी पूर्वप्रेमिका रहेकी रियाका कारण नै सुशान्तले आत्महत्या गरेको समाचार सामाजिक सञ्जालभरि छ्याप छ्याप्पी पाइए ।
रिया स्वयमले सुशान्तलाई ड्रग्स दिने गरेको स्वीकारिन् पनि । सोही केसमा रियालाई केही समय जेल सजाय पनि दिइयो । पछि जमानतमा उनी रिहा भइन् । जेलबाट छुटेपछि रिया पहिलो पटक सार्वजनिक स्थलमा देखिएकी छिन् । तर उनले आफू मिडियाबाट भने टाढा रहन चाहेको बताइन् । उनले फोटो खिच्न आएका पत्रकाहरुलाई पनि आफ्नो फोटो नखिच्न आग्रह गरिन् ।
रिया विगत केही दिनदेखि मुम्बइमा नयाँ घर खोजिरहेकी छिन् । उनका पिताले नयाँ घर खोज्दै गरेको तस्वीर केही दिन अगाडि सार्वजनिक भएको थियो । अब, रिया पनि नयाँ घरको खोजीमा लागेकी छिन् ।
रियालाई हाल उनी बसिरहेको घर खाली गर्न स्थानिय समाजले भनेपछि उनीहरु नयाँ घरको खोजीमा लागेका हुन् ।





