
स्वर्गीय अभिनेता इरफान खानद्धारा अभिनीत अन्तिम चलचित्र अब रिलिज हुने भएको छ । हालैमात्र उनी अभिनीत अन्तिम चलचित्रको पोष्टर रिलिज भएको छ ।
लामो समयदेखि थन्किएको यो फिल्मलाई निर्माताहरुले अब रिलीज गर्ने बताएका हुन् । तीन वर्ष पहिले फिल्मको प्रीमियर स्विट्जरल्याण्डको लोकार्नो फिल्म फेस्टिवलमा भएको थियो ।
फिल्म निर्माताहरुले इरफान खानप्रति श्रदाञ्जली अर्पण गर्दै फिल्म रिलीज गर्ने तयारी गरेको हो ।





