म्यूजिक भिडियोबाट नेपालले राख्यो ‘वर्ल्ड रेकर्ड’…



नेपाल र नेपालीहरुको नाममा फेरि अर्को विश्व रेकर्ड कायम भएको छ । यो सम्पूर्ण नेपालीको लागि निकै नै खुसीको कुरा हो । केहीसमय अघि रिलिज भएको ‘साझा हिमाल’ बोलको म्यूजिक भिडियोले विश्व रेकर्ड राख्न सफल भएको हो । माधवराज खरेलको निर्देशनमा तयार भएको म्यूजिक भिडियोले संसारको अग्लो स्थानमा छायांकन गरिएको म्यूजिक भिडियोको रुपमा गिनिज बुक अफ वल्ड रेकर्ड मा आफ्नो नाम लेखाएको हो ।

भिडियोको छायांकन सोलुखुम्बुको ४ हजार ७ सय ६८ मिटरको उचाईमो रहेको गोक्योमा भएको थियो ।

गीतले हिमाल भनेको संसारको साझा हो र विश्वले यसलाई धर्तीको स्वर्गको रुपमा लिदै यसको संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्ने जोड दिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री भानुभक्त ढकालले भिडियोका निर्देशक माधवराज खरेल, निर्माताद्धय कमला जोशी, पुष्कर नेपाल र गायक पुर्ण राईलाई गिनिज बुक अफ वल्ड रेकर्डको प्रमाण पत्र बितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्