‘धुम ४’ मा भिलेनको रुपमा देखिदैँ दिपिका



धुम बलिउडको निकै चर्चित चलचत्रि हो । ‘धुम’ सँगै ‘धुम २’, ‘धुम ३’ ले पनि सोचेको भन्दा राम्रो चर्चा बटुल्न सफल भए । व्यवसायिक हिसाबले पनि ‘धुम’ का हरेक सिरिजले रेकर्ड माथि रेकर्ड राख्न सफल भएको थियो । यसैबिच लामो समयदेखि बलिउडमा ‘धुम ४’ को चर्चा चलिरहेको छ ।

‘धुम’ को हरेक सिरिजमा अभिषेक बच्चन र उदय चोपडा मुख्य भूमिकामा नै देखिएका हुन्छन् । तर भिलेन भने हरेक बर्ष परिवर्तन भैरहेका हुन्छन् । चलचित्रमा केही समयअघि शाहरुख खान, रणवीर सिंह लगायतका कलाकार हुने चर्चा थियो । तर भारतीय मिडिया अनुसार ‘धुम ४’ मा नायिका दिपिका पादुकोण फाइनल भएकी छिन् ।

चलचित्रमा दिपिका महिला भिलेनको रुपमा देखिने बताइएको छ । उनी फिल्ममा एक स्टाइलिश चोरको रुपमा देखिनेछिन् ।

प्रतिक्रिया दिनुहोस्