
विश्वचर्चित योग गुरु बाबा रामदेवले कोरोना विरुद्धको खोप नलगाउने बताएका छन् । उनले कोरोना क्याक्सिन बनेकोमा खुसी व्यक्त गर्दै आफूले भने यो क्याक्सिन नलगाउने निर्णय गरेका हुन् । हिजो दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्दै बाबा रामदेवले यसबारे जानकारी दिएका हुन् ।
रामदेवले आफुलाई कोरोना खोप आवश्यक नरहेको समेत स्पष्ट पारे । उनले भने, ‘मलाई खोपको आवश्यकता छैन, किनभने मलाई कोरोना संक्रमण भएको छैन, म पूर्ण रुपमा सुरक्षित छु । कोरोनाका जतिवटा अवतारहरु आएपनि मेरा लागि फरक पर्दैन ।’





