‘सिनेमा घर गोल्ड’ एपमा ५ सय रुपैयाँमा १ बर्षसम्म नयाँ चलचित्र हेर्न सकिने



करिब ५ बर्षदेखि नेपालमा ओटीटीको संस्कार बसाउन सुरु भएको सिनेमा घर एप अब नयाँ संस्करणमा आएको छ । अंग्रेजी नयाँ बर्षको अवसर पारेर राजधानीमा एक कार्यक्रमकाबिच थ्री सिक्स्टी वन डिग्री मिडियाले विभिन्न नयाँ फिचरहरुको साथमा सिनेमा घर को अपडेटेड भर्सन सिनेमा घर गोल्ड सार्वजनिक गरिएको हो ।

शुक्रवारदेखि विश्वभर रहेका नेपालीहरुले ‘सिनेमा घर गोल्ड’ मा उच्च गुणस्तरमा नेपाली फिल्म हेर्न पाउने थ्री सिक्स्टी वन डिग्री मिडियाले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । नयाँ वर्षको अवसरमा ६ वटा नेपाली फिल्म एकसाथ रिलिज गरिएको यो प्लेटफर्ममा फिचर फिल्मका साथै सर्ट फिल्म, स्ट्याण्डअप कमेडी तथा वेब सिरिजहरु पनि उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ ।

शुक्रवारबाट ‘सिनेमा घर गोल्ड’ मा ‘डमरुको डण्डीवियो, कोहलपुर एक्सप्रेस, सरौतो, ब्लाइन्ड रक्स, मंगलम र कागजपत्र’ हेर्न पाइनेछ भने स्ट्याण्डअप कमेडी र सर्ट फिल्महरु पनि राखिएको छ । त्यसका साथै यस एपको विशेषता भनेको यहाँ ५ सय रुपैँयामा १ बर्षभरि चलचित्र हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्