बलिउडका चर्चित गायक सानको आवाज रहेको नेपाली गीत रिलिज (भिडियो सहित)



सान बलिउडकी निकै चर्चित गायक हुन् । उनले बलिउडमा धेरै राम्रा गीतहरु दिइसकेका छन् । उनको फ्यान फलोइङ बलिउडमा मात्र नभएर नेपालमा पनि उत्तिकै रहेको छ । यसैबिच सानले गाएको नेपाली गीत भर्खरै बजारमा रिलिज भएको छ ।

राकेश काफ्लेको शब्द र उमेश सुब्बाको संगीत रहेको नक्कली कान्छी बोलको गीतमा सानको आवाज रहेको छ । गीतमा अहिलेका चर्चित मोडल सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् ।

यो गीत मुम्बईमा नै रेकर्ड भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्