स्वर्गीय पिता इरफानको यादमा छोराले लेखे यस्तो भावुक नोट…



सन् २०२० हरेक मानिसको लागि निकै खराब रह्यो । अझ बलिउडको लागि त २०२० निकै नै नराम्रो बर्ष साबित हुन पुगेको छ । सन् २०२० मा बलिउडका धेरै महान हस्तिहरुले संसार छोडे । जसमध्येका एक हुन् बहुचर्चित अभिनेता इरफान खान । इरफानको निधन २९ अप्रिलमा ५३ बर्षको उमेरमा क्यान्सरका कारण भएको थियो ।

उनको निधनले समस्त बलिउड नै स्तब्ध भएको थियो । इरफानले छोडेर गएपनि उनका परिवार र फ्यानले उनलाई सधैँ नै सीम्झरहेका हुन्छन् । यसैबिच इरफानका ठूला छोरा बाबिलले सामाजिक सञ्जालमा इरफानको तस्बिर सेयर गर्दै निकै मनछुने स्टाटस लेखेका छन् ।

बाबुलले तस्विरसँगै लेखेका छन्, ‘आगामी गन्तव्य तपाई बिना नै, तर तपाईका राम्रो कुराको साथ । सबैलाई नयाँ वर्षको शुभकामना ।’ बाबिलको यस पोस्टमा इरफानका धेरै फ्यानहरुले प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्