
बलिउडका स्टार सलमान खान बेला बेलामा सामाजिक सञ्जालमा चर्चामा आइरहेका हुन्छन् । कहिले चलचित्रका कारण त कहिले प्रेमका कारण उनको चर्चा छाइरहेको हुन्छ । सलमानको बलिउडमा थुप्रै अभिनेत्रीसँग नाम जोडिसकेको छ । कुनै समयमा उनी ऐश्वर्यासँग गहिरो प्रेममा थिए । तर उनको कारणले गर्दा नै दुईको ब्रेकअप भयो ।
ऐश्वर्यापछि सलमानको प्रेमको चर्चा कटरिना कैफसँग पनि चलेको थियो । सलमान र कटरिनाले एकसाथ युवराज, एक था टाइगर, टाइगर जिन्दा हे लगायतका थुप्रै चलचित्रमा एकसाथ काम गरिसकेका छन् । यी दुईको जोडीलाई दर्शकले निकै रुचाउने समेत गरेका छन् । सलमान र कटरिनाको प्रेम पनि गहिरो थियो । दुवै एकअर्कालाई निकै माया गर्थे । तर सलमानको धेरै रिसाउने बानीले गर्दा कटरिनाले उनीसँगको सम्बन्ध तोडिदिइन् ।
तर यी दुई आजपनि एकअर्काका मिल्ने साथी हुन् । सलमान र कटरिनाले ब्रेकअपपछि पनि सँगै काम गरिसकेका छन् । आजपनि सलमान कटरिनाको र कटरिनाले सलमानको निकै इज्जत गर्ने गरेका छन् । सलमानले एक शो मा आफूले कटरिना मात्र एउटा यस्तो केटी भएको जसको तस्बिर आफूले सधैँ जुम गरेर हेर्ने गरेको बताए । यस बाहेक अन्य बेला पनि उनी आफूलाई काम गर्न सजिलो महशुस हुने र मनपर्ने अभिनेत्री कटरिना भएको बताइरहेका हुन्छन् । जसका कारण उनको मनमा अझै पनि माया छ कि भन्ने अनुमान दर्शकले लगाइरहेका छन् ।





