
बलिउडकी सर्वाधिक चर्चित नायिका हुन्, रेखा । रेखा ९० कि दशककी सबैभन्दा डिमाण्डेड नायिका थिइन् । उनी सधैँ नै आफ्नो सुन्दरताका कारण पनि चर्चामा रहने गरेकी छिन् । संसारका सबैभन्दा सुन्दर अभिनेत्रीको सुचीमा रेखा सधैँ पर्ने गरेकी छिन् । उनै रेखा आज आफ्नो ६६ औँ जन्मदिन मनाउँदै छिन् ।
यसैबिच उनको जीवनसँग जोडिएको रमाइलो किस्साहरु सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । एक समयमा आफ्नो विवाहका कारण निकै चर्चामा रहेकी थिइन् । रेखाले सबैभन्दा पहिले सिउँदोमा सिन्दुर र गलामा मंगलसुत्र लगाएर ऋषि कपुर र नितु कपुरको विवाहमा पुगेकी थिइन् । त्यसबेला रेखालाई देखेर सबैजना हैरान भएका थिए । किनकी उनले कहिले र कोसँग विवाह गरिन् त्यसबारे कसैलाई पनि थाहा थिए ।
उक्त घटनाअघि रेखा र अमिताभको प्रेमसम्बन्धको बारेमा निकै चर्चा परिचर्चा हुने गर्दथ्यो । धेरैले रेखा र अमिताभको सम्बन्धलाई लिएर विभिन्न अड्कल बाजी गर्ने गर्थे । उक्त विवाहमा अमिताभ र उनकी पत्नी जया पनि उनीहरुको मातापितासँग आएका थिए । जया रेखालाई देखेर निकै आश्चर्यमा परेकी थिइन् ।





